२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अस्टिनमा पशुपतिनाथ बनाउन ‘करी किचेन’ मा फण्ड रेजिङ बुफे

अस्टिनमा पशुपतिनाथ बनाउन ‘करी किचेन’ मा फण्ड रेजिङ बुफे

झरना अधिकारी ,अमेरिका । टेक्सासको अस्टिनमा निर्माणाधीन पशुपतिनाथ मन्दिरको सहयोगार्थ करी किचेन रेष्टुरेन्टमा ‘फन्ड रेजिङ बुफे’ आयोजना गरिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको पशुपतिनाथ मन्दिरको समुद्घाटन आगामी शिवरात्रीमा हुनेछ । मन्दिर निर्माणमा देखिएको आर्थिक अभाव समाधान गर्न आयोजित कार्यक्रमबाट ६ सय ५० डलर रकम मन्दिर निर्माण समितिलाइृ हस्तान्तरण गरिने भएको छ ।

आयोजक करी किचेनका सञ्चालक नरेन्द्र साउदले नेपाली समुदायको भावनासँग जोडिएकोले पशुपतिनाथ मन्दिर निर्माणका लागि रेष्टुरेण्टले कार्यक्रम आयोजना गरेको बताए । फण्ड रेजिङ बुफेमा ६५ जना सहभागि रहेको र कुल ६ सय ५० डलर सहयोगवापत करी किचेनले निर्माण समितिलाई उपलब्ध गराउने साउदको भनाई छ ।

करी किचेनका सञ्चालक नरेन्द्र साउद

‘यो नेपाली समुदाय र हिन्दुहरुको भावना जोडिएको अभियान हो । पशुपतिनाथ मन्दिर निर्माणका लागि नाफावापतको रकम सहयोग गर्न करी किचेनले आयोजना गरेको कार्यक्रममा सबैले सहयोग गर्नुभएको छ’, करी किचेनका सञ्चालक साउदले समाजप्रेससँग भने ।

ग्रेटर अस्टिन नेपाली सोसाइटीको अग्रसरतामा निर्माणाधीन पशुपतिनाथ मन्दिरको काम अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij