२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सन् २०२७ को फिफा महिला विश्वकप आयोजना गर्न तीन समूहको निवेदन

सन् २०२७ को फिफा महिला विश्वकप आयोजना गर्न तीन समूहको निवेदन

फिफाले सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको शनिबार पुष्टि गरेको छ ।

युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयसीमाभन्दा ठीक अघि अर्को संयुक्त निवेदन पेश गरेका छन् ।

त्यस्तै ब्राजिलले भने एकलपमा आयोजनाका लागि निवेदन दिएको छ । फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिफाले सन् २०२४ को फेबु्रअरीमा हुने स्थलगत निरीक्षण भ्रमणसहित विस्तृत मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्नेछ र त्यसपछि मे २०२४ पछि बोलपत्र मूल्याङ्कन प्रतिवेदनमा आफ्नो निष्कर्ष प्रकाशित गर्नेछ ।’

सन् २०२४ को मे १७ मा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ । दक्षिण अफ्रिकाले सन् २०३१ का लागि तयारी अवस्थामा रहेको बोलपत्र पेश गर्न चाहेको बताएपनि गत महिना पछि हटेको थियो ।

संयुक्त राज्य अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्वकप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्वकप आयोजना गरेको थियो ।

गत वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij