२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

कास्की। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँचवटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ। बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि संघीय बजेटबाट करिब ६० रुपैयाँ लाखको लागतमा मर्मत गर्न लागिएको हो।

बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिए। नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उनले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताए।

पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुंगेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ। यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका २ का अध्यक्ष शिवबहादुर थापाले बताए। सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्त्वपूर्ण टेवा पुगिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij