२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

झापा र वीरगञ्जबीचको खेल बराबरीमा

झापा र वीरगञ्जबीचको खेल बराबरीमा

काठमाडौँ ।  नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको झापाको भने ३ अङ्क छ ।
सोही प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ  दोस्रो खेल काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij