२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सुनको मूल्य तोलामा एक हजारले घट्यो

सुनको मूल्य तोलामा एक हजारले घट्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij