२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

लिभरपुल दोस्रो स्थानमा उक्लियो

लिभरपुल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लदा समान खेलबाट ३२ अंक भएको एस्टन भिल्ला भने तेस्रो स्थानमा रहेको छ । ३६ अंक जोडेको आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

बुधबार राति लिभरपुललाई जिताउनका लागि भान डिजिक र डोमिनिकले एक एक गोल गरेका थिए ।३७ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको पासमा डिजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा नुनेजको पासमा डोमिनिकले गोल गरेपछि लिभरपुल २–० को सहज जित निकाल्न सफल भयो ।
पराजित भएको सेफिल्ड युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij