२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन वीरगञ्जमा चल्यो डोजर

अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन वीरगञ्जमा चल्यो डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको छ ।

घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको हो ।

वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ । यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो ।

आइतबार बिहानैदेखि एकैसाथ १३ वटा डोजर लगाएर शहरको मुख्य मार्ग चौडा बनाउने काम भइरहेको छ ।

वीरगन्जको मुख्य सडकलाई दायाँबायाँ दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने उद्देश्यले पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका सडकका संरचना भत्काउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij