२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । अख्तियारले तिवारीकी श्रीमती देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij