२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

नयाँ सरकार गठन हुन अझै केही दिन लाग्छः प्रवक्ता झा

नयाँ सरकार गठन हुन अझै केही दिन लाग्छः प्रवक्ता झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारमा जाने मन्त्रीहरुकाबारेमा पार्टीमा कुनै छलफल नभएको बताएको छ । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताएका हुन् ।

उनले निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन नै नबुझाएकाले अहिले मन्त्रीका विषयमा छलफल सुरु नभएको बताए । उनले भने, ’औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क–कसले लिने भन्ने विषयमा छलफल भएको छैन ।निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’

उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताए  । सरकार गठनको तयारी भने माघ ५ गते वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री घोषणा गरेको दिनदेखि नै शुरू भएको बताए । रास्वपाले आज समानुपातिकतर्फका सांसदको नाम टुंग्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij