२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भक्तपुरमा चैत ६ र ७ गते चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चैत ६ र ७ गते चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् ।

पहिलोपटक यहाँका युवा मिलेर चलचित्र प्रवद्र्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो । दुईदिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी गराए ।

निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला र संस्कृति र साहित्यको विकासका लागि महोत्सव आवश्यक रहेको बताए । महोत्सवका संयोजक स्मित गिरीले स्वतन्त्र रुपमा चलचित्र निर्माण गर्दै आएका युवाहरुको प्रोत्साहन गर्न आवश्यक रहेको सुनाए।

महोत्सवको मुख्य चलचित्र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन हुनेछ भने सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका नेपाली चलचित्र प्रदर्शन गरिनेछन् । यसैगरी, सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ देखाएर महोत्सवको समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij