२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

पोखराका पूर्वमेयर कृष्ण थापाको पार्टी बैठकमा बोल्दै गर्दा हृदयघातका कारण निधन

पोखराका पूर्वमेयर कृष्ण थापाको पार्टी बैठकमा बोल्दै गर्दा हृदयघातका कारण निधन

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापाको हृदय घातका कारण निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए ।

तत्काल उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले शव मणिपाल अस्पतालमा राखिएको छ । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले हृदयघात हुनासाथ थापालाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

उनी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा थापा पोखराको मेयर निर्वाचित भएका थिए। त्यसपछि उनी २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उनलाई कास्की–२ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि टिकट खोसेर पछि रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij