२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

समानुपातिकतर्फ ८४ लाख मत गन्दा रास्वपाको ४० लाख

समानुपातिकतर्फ ८४ लाख मत गन्दा रास्वपाको ४० लाख

रुपाकोट(कास्की), २२ फागुनः मतगणना गरिँदै पोखरा–५, मालेपाटनस्थित कृषि मन्त्रालय परिसरमा कास्की क्षेत्र नं ३ को मतगणना गरिँदै । तस्बिरः युनिश गुरुङ रासस

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४ लाख २८ हजार ९७५ मत गणना भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ७३ हजार ९३४ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १३ लाख ६७ हजार ०६६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५६ हजार ०४६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९६ हजार ०११ , श्रम संस्कृति पार्टीले दुई लाख ९४ हजार १९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७८ हजार १२८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij