२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी, एमालेका शेरधन पराजित

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी, एमालेका शेरधन पराजित

भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । राईले कूल १६ हजार ६६३ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गरेका छन् ।

भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा थिए । जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij