२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५० हजार एकमुष्ट दिन कांग्रेसको आग्रह

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५० हजार एकमुष्ट दिन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको छ । उनले भने, ‘पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा जम्मा ५० हजार रुपैयाँ पैसा दिने, त्यो पनि दूरदराजमा छ, यसलाई व्यवहारिक कठिनाइ हुन सक्छ । त्यसैले ५० हजार एकैपटक दिनुपर्छ भन्ने पार्टीको तर्फबाट मन्त्रीहरुलाई सुझाव राखिएको छ ।’

पार्टीको महासमितिको बैठक पुस १६ र १९ गते हुने जानकारी दिँदै उनले मुलुकमा अहिले देखिएको राजनीतिक तरलतामा पार्टीको तर्फबाट सबै विषयलाई जवाफ दिने हिसाबमा महासमितिको बैठक सम्पन्न गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij