२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

आफ्ना नागरिकलाई इरान छाड्न पोल्याण्डका प्रधानमन्त्रीको आग्रह

आफ्ना नागरिकलाई इरान छाड्न पोल्याण्डका प्रधानमन्त्रीको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘इरानमा रहेका पोल्याण्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन । द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुनसक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।’

हालैका महिनाहरूमा पोल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो ।

अमेरिकाले इरान नजिकै युद्धपोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij