काठमाडौं– राष्ट्रिय सभाको बैठकमा आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११:११ बजेका लागि बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनेछन्। यस्तै, नागरिकता विधेयक लगायत सांसदहरुले उठाएका समसामयिक विषयबारे जवाफ दिनेछन्।
यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।
बुधबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची पनि छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij