२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राखियोस्ः अध्यक्ष ढकाल

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राखियोस्ः अध्यक्ष ढकाल

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बुधबार वालिङमा वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नवौँ वालिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रका एजेण्डालाई सबै राजनीतिक दलले घोषणापत्रमा राखेर कार्यान्वयन गरेको खण्डमा छोटो समयमा नै देशले सफलता प्राप्त गर्ने दाबी गरे।

“निजी क्षेत्रले देशको विकास र समृद्धिका लागि तयार गरेका एजेण्डालाई राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा समावेश गरी कार्यान्वयन गरेको खण्डमा देशले छोटो समयमै समृद्धि हासिल गर्छ भन्ने हाम्रो बुझाई हो”, उनले भने, “देशमै उत्पादनसित जोडिने किसिमका कार्यक्रम तथा उद्योग सञ्चालन गरी उत्पादित सामग्री बाहिर निर्यात गरेर आम्दानी लिन सकिने प्रशस्त सम्भावना छन् ।”

आजदेखि सुरु भएको नवौँ वालिङ महोत्सव २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको तीन लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोडको आर्थिक कारोबार हुने अपेक्षा रहेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij