२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड

ताप्लेजुङमा योगेश भट्टराई चढेको गाडी तोडफोड

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो ।

ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ । प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुङ्गा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । ढुङ्गा प्रहारबाट अन्य क्षति भएको छैन ।

यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij