२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

आशिका तामाङको प्रश्न- बिचौलिया र ठेकेदारका छोराछोरी सांसद बनाउन हो समानुपातिक ?

आशिका तामाङको प्रश्न- बिचौलिया र ठेकेदारका छोराछोरी सांसद बनाउन हो समानुपातिक ?

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा प्रश्न उठाएकी छन् ।

आशिकाले सामाजिक सञ्जालमा लेख्दै पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुका लाई छुट्टाइएको समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरी सांसद र मन्त्री हुने भए भन्दै प्रश्न उठाएकी हुन् ।

 

उनले नेपोकिडसविरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् ।

 

उनले भनेकी छन्:  

 

समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको  अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरु का लाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदार को छोरा, बिचौलिया को छोराछोरी सांसद र मन्त्री हुने भए नेपो किड्स विरुद्धको ७३ जना जेन्जी भाइ बहिनिले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ?

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij