२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

चुनावअघि विशेष महाधिवेशन हुँदैन : देउवा

चुनावअघि विशेष महाधिवेशन हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्। केही सञ्चारकर्मीसँगको अनौपचारिक भेटमा देउवाले चुनावपछि महाधिवेशन गर्नु नै पार्टीका लागि उपयुक्त हुने सुझाव आफूले दिएको बताएका हुन्।

देउवाका अनुसार अहिले पार्टीको मुख्य ध्यान निर्वाचन जित्नमा केन्द्रित हुनुपर्छ। यस्तो समयमा महाधिवेशन गरिए पार्टीभित्र मतभेद बढ्ने र विभाजनसम्मको अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ।

उनले भने, ‘मुलुक चुनावमा गइसकेको छ। यस्तो बेला महाधिवेशन गर्दा पार्टीभित्र विभाजन हुन्छ। महाधिवेशन हार्नेले चुनाव हार्ने स्थिति बन्छ।’

चुनाव अगाडि विशेष महाधिवेशन नहुने प्रष्ट पार्दै देउवाले थपे, ‘विशेष महाधिवेशन चुनावअघि हुँदैन। नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक त दिएकै छु। जे–जे गरे पनि केही भएन। महाधिवेशन उपयुक्त हुन्छ भन्ने मेरो सुझाव नमाने के गर्नु ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij