२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नेपालसहित २९ देशबाट फिर्ता बोलाइए अमेरिकी राजदूत

नेपालसहित २९ देशबाट फिर्ता बोलाइए अमेरिकी राजदूत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहिका २९ देशबाट राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकामा सत्ता बदलिए पनि राजदूत परिवर्तन नहुने यसअघिको परम्परा तोड्दै ट्रम्प प्रशासनले ३०  अनुभवी राजदूतलाई फिर्ता बोलाएका हो।

फिर्ता बोलाइएका राजदूत नियुक्ति बाइडेन प्रशासनको समय भएको थियो। ट्रम्प प्रशासनको यो कदमले विदेश नीतिमा ठूलो परिवर्तनको तयारी देखाउने बताइएको छ।

राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्र्ट’ प्राथमिकता पूर्ण रूपमा समर्थन गर्ने कर्मचारी नियुक्ति गर्न राजदूत र अन्य वरिष्ठ कर्मचारी फिर्ता बोलाउन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  २९ देशमा खटिएका राजदूतलाई फिर्ता आउन सूचना दिइएको छ। उनीहरूको सेवा जनवरीमा समाप्त हुने भनिएको छ।

अमेरिकी राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार काम गर्छन्, यद्यपि सामान्यतया उनीहरू तीनदेखि चार वर्षसम्म पदमा रहन्छन्।
अहिलेसम्म अमेरिकाको स्टेट डिपार्टमेन्ट (विदेश विभाग) ले यसलाई सामान्य प्रक्रिया मात्र भनेको छ। यो निर्णयको सबैभन्दा बढी असर अफ्रिकी देशमा परेको छ।

अफ्रिकाका बुरुन्डी, कैमरुन, केप भर्डे, ग्याबोन, आइभरी कोस्ट, मडागास्कर, मरिसस, नाइजर, नाइजेरिया, रवान्डा, सेनेगल, सोमालिया र युगान्डाबाट राजदूत फिर्ता बोलाइँदै छन्। एसियाका ६ देश फिजी, लाओस, मार्सल आइल्यान्ड्स, पपुआ न्यू गिनी, फिलिपिन्स र भियतनाममा कार्यरत अमेरिकी राजदूतलाई पनि फिर्ता बोलाइएको छ।

युरोपमा आर्मेनिया, नर्थ मेसेडोनिया, मण्टेनेग्रो र स्लोभाकियालगायत छन्। यसबाहेक, मध्यपूर्वका दुई–दुई देश अल्जेरिया र इजिप्टबाट पनि राजदूत फिर्ता बोलाइएको छ। त्यस्तै, दक्षिण तथा मध्य एसियाका नेपाल र श्रीलंका र पश्चिमी गोलाद्र्धका ग्वाटेमाला र सुरिनामबाट पनि डिप्लोम्याटलाई फिर्ता बोलाइँदै गरेको बताइएको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij