बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले एकमुष्ट ३ करोडको बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भएका हुन् ।
बिगो रकम बुझाएर थुनामुक्त हुन माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालतको आदेशबाट शुक्रबार थुनामुक्त भएका थिए । छविलालको हकमा निवेदनको रित नपुगेको भन्दै पुन: जिल्ला अदालतमा निवेदन दिन र बिगोबापतको रकम जम्मा गर्न आदेश भएको थियो । त्यहीअनुसार उनले शुक्रबार नै निवेदन दिएको र आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्माको इजलासले थुनामुक्त गर्ने आदेश दिएका हुन् । आदेशपछि आइतबार नै सबै प्रक्रिया पूरा गरेर थुनामुक्त भएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij