२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय तोकेको छ।

बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ। उनले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न पाउने पनि बताए।

निर्वाचनको घोषणा भएसँगै मतदाता नामावली संकलन रोक्ने व्यवस्था रहेको छ। तर, सरकारले बुधबार अध्यादेश जारी गर्दै मतदाता नामावली संकलनको लागि बाटो खुला गरेको थियो।

गत भदौ २३ र ३४ गतेको जेन-जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij