२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच के भयो कुराकानी ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उता भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण फोनवार्ता भएको बताएका छन्।

उनले भदौ २३-२४ भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसका साथै नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीले गरिरहेको प्रयासप्रति भारतको दृढ समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसै अवसरमा उनले कार्कीलाई र भोलि पर्ने नेपालको राष्ट्रिय दिवसका अवसरमा नेपाली जनताप्रति हार्दिक शुभकामना पनि व्यक्त गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij