२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् ।

सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ ।

मङ्गलबार  एमालेका एक मन्त्रीलाई तपाईँहरूले राजीनामा दिनुहुन्न भनेर सोधेको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई पदबाट राजीनामा नदिन भनेको बताएका छन् ।

‘यसको उच्चस्तरीय छानबिन समिति बनिसक्ने भनिएको छ तपाईँहरू नडराउनुहोस् अहिले आत्तिएर पदबाट राजीनामा दिनु पर्दैन’, प्रधानमन्त्री ओलीले भनेका थिए, काङ्ग्रेसले र अरूले के गरे भनेर तपाईँहरू आत्तिनु पर्दैन । जेन–जी आन्दोलनमा घुसपैठ भएको हो यसलाई छानबिन गर्नुपर्छ।’

ती मन्त्रीका अनुसार अहिलेसम्म एमालेबाट मन्त्री भएका कसैले पनि राजीनामा दिने तयारी गरेका छैनन् ।

तर कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखकले सोमबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । यता मङ्गलबार कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका छन् ।

मङ्गलबारै स्वास्थ्यमन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेले पनि राजीनामा दिने चर्चा भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij