२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

अध्यागमन विभागले गर्‍यो फ्रान्स, ईण्डोनेशिया र अमेरिकी नागरिकलाई कारवाही, तीनदेखि ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

अध्यागमन विभागले गर्‍यो फ्रान्स, ईण्डोनेशिया र अमेरिकी नागरिकलाई कारवाही, तीनदेखि ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

 

काठमाडौँ । अध्यागमन विभागले नेपालमा भिसाको उद्देश्य विपरीत बस्दै गैर कानुनी गतिविधिमा संलग्न विदेशी नागरिकलाई कारवाही गरेको छ। विभागले फ्रान्स, ईण्डोनेशिया र अमेरिकाबाट नेपाल आएका केही नागरिकलाई जरिवाना सहित देश निकाला गरेको हो।

उनीहरूले पर्यटक तथा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरे पनि व्यवसाय सञ्चालन, नगद तथा डिजिटल कारोबारमा संलग्न, कुरान र टर्किस भाषा पढाउने, धर्म प्रचार गर्ने, बालगृहका बालबालिकालाई इसाई धर्म सिकाउने जस्ता गतिविधि गर्दै आएको पाइएको विभागले जनाएको छ।

 

भिसाको प्रयोजन विपरीत धर्म परिवर्तन, सन्दिग्ध आचरण र प्रत्यक्ष व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रमाण भेटिएपछि उनीहरूलाई देश निकाला गरिएको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिए ।

कारवाही अनुसार तीन वर्षसम्म पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरिएको छ भने कतिपयलाई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

विभागले भिसाको दुरुपयोग गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै नेपालमा बस्ने विदेशी नागरिकलाई नियम-कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij