अष्टिन । अभिनेता पल शाह र अभिनेत्री नीति शाह अभिनीत नेपाली फिल्म ‘मोहर’ अब अष्टिनमा प्रदर्शन हुने भएको छ। नेपालीज इन्टरटेनमेन्ट अष्टिनको प्रस्तुतिमा, आगामी आइतबार, सेप्टेम्बर ७ तारिख, साँझ ४ बजे अष्टिनस्थित रेगल मेट्रोपोलिटन हल (Regal Metropolitan, 901 Little Texas Ln, Austin, TX 78745) मा विशेष शोको आयोजना गरिने भएको हो।
फिल्म ‘मोहर’लाई निर्माता चुम्बन जंग शाहीले निर्माण गरेका हुन् भने निर्देशन ओम प्रतीकले गरेका हुन्। “A Story Based on Unwritten Rules” भन्ने ट्यागलाइनसहित प्रस्तुत गरिएको यो चलचित्रले महत्वपूर्ण सामाजिक सन्देश बोकेको जनाइएको छ। आयोजक सुजन बुढाथोकी र निम भारतीले अष्टिनवासी नेपाली समुदायलाई चलचित्र हेर्न उपस्थित भइदिन अनुरोध गरेका छन्।
साथै, चलचित्रलाई सफल बनाउन सबैलाई साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्। फिजिकल टिकट साइलिको बुटिक र शुद्ध मार्ट फ्लुगरभिलमा गएर खरिद गर्न आयोजकले अनुरोध गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij