२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अष्टिनमा बडादशैं विशेष लाइभ कन्सर्ट, सत्य-स्वरुप र महेश-अस्मिताले गाउने

अष्टिनमा बडादशैं विशेष लाइभ कन्सर्ट, सत्य-स्वरुप र महेश-अस्मिताले गाउने

अष्टिन, टेक्सास । अमेरिकाको अष्टिनमा बसोबास गर्ने नेपाली समुदायका लागि यस वर्षको बडादशैं विशेष हुने भएको छ। नेप्रिकन इन्टरटेन्मेन्ट (Neprican Entertainment) को प्रस्तुति तथा निर्देशक खुस्बु उप्रेती र समय उप्रेतीको संयोजनमा नेपाली संगीत जगतका चार चर्चित कलाकार अस्मिता अधिकारी, महेश काफ्ले, सत्यराज आचार्य र स्वरुपराज आचार्य अब छिट्टै अष्टिन, टेक्सासमा एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।

बडादशैं २०८२ (2025) को अवसर पारेर आयोजना गर्न लागिएको यस विशेष लाइभ कन्सर्टमा चारवटा “महाद्वीप” शक्तिशाली स्वरहरूको संयुक्त प्रस्तुति हुनेछ। आयोजक तथा निर्देशक खुस्बु उप्रेती र समय उप्रेतीले विश्वास व्यक्त गर्दै भने, “यो संयुक्त प्रस्तुति अष्टिनवासी नेपालीका लागि अविस्मरणीय क्षण बन्नेछ। सम्पूर्ण स्थान र मितिको विवरण चाँडै सार्वजनिक गर्नेछौँ। यस कार्यक्रमलाई ऐतिहासिक बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

यस कन्सर्टमा आधुनिक, लोक र लोकप्रिय नेपाली गीतहरूको संगम प्रस्तुत गरिनेछ। अमेरिकाभरि नेपाली कलाकारहरूप्रति देखिएको उत्साहलाई मध्यनजर गर्दै, अष्टिनमा पनि ठूलो संख्यामा दर्शक–श्रोता उपस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij