२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । अष्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय सिरिज खेल्ने टोलीको घोषणा गरेको हो ।

उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा हुनेछ । उक्त सिरिजमा अष्ट्रेलियाका विभिन्न टिमदेखि पाकिस्तान र बंगलादेशका ए टिमले सहभागिता जनाउनेछन् ।

यसअघि टी-२० टिमबाट हटाइएका कुशल मल्लले कमब्याक गरेका छन् । विकेट किपर ब्याट्सम्यान अनिल साह भने टिममा अटाउन सकेनन् । उनी कमजोर फर्ममा थिए । टिममा अरु परिवर्तन गरिएको छैन । बन्द प्रशिक्षणमा हाल सहभागी नरहेका स्पिनर सन्दीप लामिछाने पनि अस्ट्रेलिया जाने टोलीमा छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij