२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता मिति निर्धारण

रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता मिति निर्धारण

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।

रुपन्देही क्षेत्र नम्बर-३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij