२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन, करोड बढीको राहत पुर्‍याइँदै

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन, करोड बढीको राहत पुर्‍याइँदै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ।

भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा वद्रि केसीक नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जाने भएको हो।

अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो।

अध्यक्ष डा. केसीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री जाजरकोट जान लागेका हुन् ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयाेजन गरिरहेका संघका सचिव गाेर्खालीले बताए।
`हामी भाेलिनै तयहाँ पुग्न काेशिश गर्दैछाैं। त्यहांका पीडित परिवारलाई निरन्तर सहयाेग गर्न हामी खटिनेछाैं,´ उपमहासचिव प्रविण गुरूङले भने।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij