२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा मागेका छन् ।

एमालेका सांसद किरणकुमार साहले सोमबार संसद् बैठकमा बोल्दै घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि गुप्ताबारे सरकार किन मौन छ भनेर प्रश्न गरेका छन् ।

‘सभामुख महोदय, म गम्भीर प्रश्न उठाउन चाहन्छु–सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन छ ?’, उनले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत् गुप्ताजीलाई बर्खास्त गर्न माग गर्छु । यस प्रकरणको निष्पक्ष छानबिन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij