२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रस्ट सुधार देखिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

‘अर्थतन्त्रमा प्रस्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij