२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

परराष्ट्र मन्त्री राणा आज रोम जाँदै

परराष्ट्र मन्त्री राणा आज रोम जाँदै

काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ ।

राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij