२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्र संघ दिवसका अवसर नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको बताए।

उनले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे।

विशेष समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र सङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।

संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको आदर्श र विश्व शान्तिको महान् उद्देश्यप्रति नेपालको प्रतिबद्धता स्मरण गराए।

‘निःशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूमा हाम्रा प्रतिबद्धताहरू अभिव्यक्त भएको छ। संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा हामीले हाम्रा शान्ति सैनिकहरूलाई निरन्तर खटाएर योगदान गरिरहेका छौं’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij