२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १३ अर्ब १८ करोड

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १३ अर्ब १८ करोड

काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ४० अंकले बढेर बजार २६ सय ५९ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज शेयर मूल्य बढ्ने र घट्ने कम्पनीहरू बराबर छन् । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोडभन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड रुपैयाँभन्दा माथि शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जी र पिपुल्स पावरका लगानीकर्ताले कमाएका छन् । आज पियोर इनर्जीका लगानी कर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् । आज सबैभन्दा धरै अपर हेवा खोलाको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij