२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

ट्रम्पले गरे १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

ट्रम्पले गरे १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैती, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।

ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्‍याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्‍याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताएकी छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij