२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रतिनिधि सभाको बैठक दुई बजेलाई सारियो

प्रतिनिधि सभाको बैठक दुई बजेलाई सारियो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन् । तर, अहिले सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएपछि बैठक केहीबेर धकेलिएको हो ।

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् ।

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउने गरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij