२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

भारतमा पाकिस्तानको ड्राेन हमला, आइपिएल खेल रोकियो

भारतमा पाकिस्तानको ड्राेन हमला, आइपिएल खेल रोकियो

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धको असर आइपीएलमा परेको छ ।

पाकिस्तानले भारतका विभिन्न शहरमा आक्रमण शुरु गरेपछि पञ्जावको धर्मशालामा जारी खेल रोकिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सुरक्षाको खतरा बढेको भन्दै तुरुन्त स्टेडियम खाली गर्ने निर्देशन दिएपछि खेल रोकिएको थियो ।

समाचार एजेन्सी एएनआइका अनुसार पाकिस्तानले भारतका विभिन्न शहरमा मिसाइल आक्रमण गरेको छ र भारतीय सेनाले त्यसलाई असफल बनाएको छ । भारतीय मिडियाहरुले जम्मु कश्मिरको एक विमानस्थलमा विस्फोट भएको उल्लेख गरेका छन् ।

खेल रोकिदासम्म पञ्जावले पहिला ब्याटिंग गर्दै १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो ।

यो खेल रद्ध भएको छ र पञ्जाव र दिल्ली क्यापिटल्सले एक एक अंक बाडेका छन् । योसँगै पञ्जाव किंग्सको १२ कलमा १६ अंक भएको छ भने दिल्लीको १२ खेलमा १४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij