एजेन्सी । बायर्न म्युनिखले आइतबार कुनै खेल नखेली नै बुन्डेसलिगा उपाधि जितेको छ ।
बायर लेभरकुजेन फ्राइबर्गसँग २–२ को बराबरीमा रोकिएपछि बायर्न दुई खेल बाँकी रहँदै आठ अंकको अग्रता बनाउँदै च्याम्पियन बन्यो ।
यो बायर्नको कीर्तिमानी ३४औँ जर्मन लिग उपाधि हो ।
गत सिजन उपाधिबाट वञ्चित भएको बायर्नले यसपटक नयाँ प्रशिक्षक भिन्सेन्ट कोम्पनी, स्ट्राइकर ह्यारी केन र लेभरकुजेनको कमजोर प्रदर्शनको फाइदा उठाउँदै उपाधि फिर्ता ल्याएको हो ।
केनले २४ गोल गर्दै टिमको आक्रमण सम्हालेका छन् । मुसियालाले चोटबीच पनि १२ गोल गरेका छन् ।
क्रिस्टल प्यालेसबाट आएका माइकल ओलिसेले १० गोल र १७ असिस्ट गर्दै प्रभावशाली प्रदर्शन गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij