२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

अध्यादेशको औचित्यबारे आफ्ना सांसदलाई कांग्रेसको प्रशिक्षण

अध्यादेशको औचित्यबारे आफ्ना सांसदलाई कांग्रेसको प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदलाई प्रशिक्षण गरेको छ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना बिज्ञबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

अध्यादेशको आवश्यकता, विषयबस्तु लगाएतका खुलेर छलफल भएको र सोमबार सांसदहरुले धारणा राख्ने उहाले बताए। सांसदले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिने उनले बताए।

घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताए।

उनले अध्यादेशमा कुनै राजनीतिक बिषय र विवादास्पद बिषय नभएको स्पष्ट पार्नुभयो । कांग्रेस संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij