२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

शशांकले भने – पहिले पार्टी बलियो बनाउ, अनि आपसमा लडौंला

शशांकले भने – पहिले पार्टी बलियो बनाउ, अनि आपसमा लडौंला

दाङ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसभित्र अधिवेशन आउन १ वर्ष बाँकी छँदै अहिले नेतृत्वको होडबाजी चलेको बताएका छन् । दाङमा आइतबार आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै उनले अहिले पार्टीलाई कसरी बलियो बनाउने भन्दा नेतृत्वको होडबाजी सुरू भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘अहिले पार्टीलाई कसरी बलियो भन्ने बेला हो । तर, महाधिवेशन आउन १ वर्षअगाडिदेखि नै नेतृत्वको होडबाजी चलिरहेको छ,’ उनले भने, ‘पहिला पार्टी संगठन सुदृढ बनाउँ । नेतृत्वका बारेमा महाधिवेशनको बेलामा समय आएपछि छलफल गरौंला ।’ उनले एउटा अधिवेशन सकिएलगत्तै अर्को अधिवेशनको दौडले पार्टी बलियो नहुनेमा जोड दिए ।

स्वाभाविक रूपमा महाधिवेशनमा सभापतिमा आफ्नो दाबेदारी रहने भए पनि देशभरका  पार्टीका साथीहरूसँग छलफल गरेर मात्रै अन्तिम निर्णय गर्ने पनि उनले बताए । ‘अहिले धेरैले सभापति लड्छु भनिरहेका छन् । उनीहरूको नीति के, कार्यक्रम के ? तपाईहरू उहाँहरूलाई सोध्नुस्,’ नेता कोइरालाले भने, ‘मलाई सोध्नुहुन्छ भने भन्छु म चाहन्छु कांग्रेस वीपी कोइरालाको सिद्धान्तका आधारमा अघि बढोस् ।’ वीपी कोइरालाको बेलामा समावेशीता चर्चा नभए पनि उनले तामाङ, नेवार, थकाली, दलित, महिला, मधेसी सबैलाई समेटेर अघि बढेको उनले स्मरण गरे । उनले इतिहासबाटै बर्तमान जन्मिएको भन्दै इतिहासको सम्मान गरेर मात्रै देश अघि बढ्ने बताए ।

त्यस्तै उनले पारर्टीभित्र मिसन ०८४ नभई मिसन कांग्रेस रूपान्तरण हुनुपर्ने बताए । वीपी कोइराको मन्त्रिपरिषद्मा ०१५ सालमा एसियामै पहिलो पटक महिला मन्त्री बनाएको,  शिक्षा,स्वास्थ्य, विकास धेरै सुधारका काम भएको भन्दै उनले ७ दशकभन्दा लामो ईतिहास भएको पार्टीको अहिलेको अवस्था चित्तबुझ्दो नभएकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij