२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ’

‘गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ’

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन्।

नेपाल बीउ व्यवसायी संघको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए।

आमनागरिकको घर खेतसम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाद्य संकट समेत आउन सक्ने भएकाले बीउबिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरूरी रहेको मन्त्री अधिकारीले बताए।

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँव्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij