२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमाले गण्डकी प्रदेश अधिवेशन : मतदान आज

एमाले गण्डकी प्रदेश अधिवेशन : मतदान आज

काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुन लागेको हो । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो ।

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ ।

वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij