२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्री परिषद्को निर्णय बमोजिम मंसिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका केसीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतका साथै परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij