२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन् । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।

२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद सात दिनको भए पनि पछि पाँच दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij