म्याग्दी। गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।
उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij