२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न, ५० हजार बढीले गरे अवलोकन

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न, ५० हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपालमै पहिलोपटक १ हजार १ सय ११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ । प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि आयोजना भएको महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुले उपस्थिति जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ ।


फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञमार्फत नेपालले विश्वशान्तिक र वैदिक विचारको प्रबर्धनमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । ‘यो महायज्ञले नेपाल र नेपालीको शिर उँचो बनाएको छ । हाम्रो वैदिक र यज्ञ परम्पराको विश्वभर ध्यानाकर्षण भएको छ’m बाँस्कोटाले भन्नुभयो । उहाँले महायज्ञका दौरान आयोजिक प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताउनुभयो । महायज्ञका दौरान दैनिक १ हजार १ सय ११ वैदिक बटुकहरुबाट विधिपूर्वक रुद्राभिषेक गरिएको थियो भने १५ लाख दीप प्रज्जवलन गरिएको थियो ।


महायज्ञको समापन समारोहमा बोल्दै विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपालमा धर्म रुपान्तरणको बढ्दो क्रम रोक्न आह्वान गर्नुभयो । उहाँले हिन्दु धर्मले विश्वलाई नेतृत्व गर्न सक्ने भएकाले नेपाललाई संसारको गुरुराष्ट्र बनाउने अभियान सफल पार्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij