२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एनआरएनएको एकता महाधिवेशन ६ महिनाभित्र हुनुपर्छः परराष्ट्रमन्त्री राणा

एनआरएनएको एकता महाधिवेशन ६ महिनाभित्र हुनुपर्छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ६ महिनाभित्र एकता महाधिवेशन हुनुपर्ने बताएकी छन् । उनले सर्वोच्च अदालतको चैत २१ गतेको फैसला र मन्त्रालयले कात्तिक १ मा गरेको पत्राचारअनुसार महाधिवेशन गर्नुपर्ने बताएकी हुन् ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले गठन गरेको पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिसँग भएको बैठकका क्रममा राणाले एनआरएनएको एकताको उद्देश्यसहित मन्त्रालयले आवश्यक पहलकदमी लिएको बताइन् । उनले देशको आर्थिक समृद्धिका गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसका लागि एनआरएनहरुबीच एकता आवश्यक रहेको बताइन् ।

मन्त्रालयमा बुधबार दिउँसो करिब डेढ घण्टा चलेको बैठकमा संयोजक घलेसहित समितिका सदस्यहरु डा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, विनोद कुँवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ्ग, कुल आचार्य, डा बद्री के सी र रविना थापालाई बोलाइएको थियो । तर, बैठकमा बहुमत सदस्य अर्थात घलेसहित उपेन्द्र महतो, विनोद कुँवर, जानकी गुरुङ, कुल आचार्य, उमेश कुमार पुडासैनी र भवन भट्ट सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij