२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

आधिकारिक रूपमा नेपालमा दर्ता भयो टिकटक

आधिकारिक रूपमा नेपालमा दर्ता भयो टिकटक

काठमाडौं । छोटा भिडियो अपलोड गर्न मिल्ने सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको जानकारी दिएको हो।

मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले तिहारअघि नै टिकटक दर्ता भएको जानकारी दिए।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो।

दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो।

टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्ने ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij